Logo

चलचित्रको कथा नपढी खेल्दिँन : बर्षा शिवाकोटी



पछिल्लो समयकी चर्चित अनि ब्यस्त नायिकाको रुपमा चिनिन्छन बर्षा शिवाकोटी,थोरै तर सफल चलचित्रका कारण बजारमा उनको माग पनि राम्रै छ । पशुपतिप्रसाद नामक चलचित्रबाट सफलता पाएपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । हाल एक चलचित्रको छायांकनमा मोरङ पुगेकी नायिका शिवाकोटी सँग गरिएको कुराकानी:

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
काम त चलिरहेकै छ । त्यसमा पनि हालसालै चाँहि नयाँ चलचित्र पुरानो बुलेटमा ब्यस्त छु । जुन चलचित्रको छायांकनको लागी यहाँ आएकी हुँ ।

बर्खायाम तराईमा सुटिङ,कस्तो अनुभव हुँदै छ ?
कुरै नगरौँ । उखरमाउलो गर्मी तैपनि काममा ध्यान दिएकी छु । किनकी काम गर्छू भनेर जिम्मा लिएपछि त जसरी नि गर्नै पर्यो नी ।

यो चलचित्रमा तपाईको रोल ?
यो चलचित्र एकदमै गाँउको परिवेशमा निर्माण हुँदै छ । म गाँउकी एक सर्बसाधारण केटी,जस्को संघर्ष र गाँउको जनजिवनमा आधारित रहेर त्यहि परिबेशमा मेरो पनि रोल छ ।

चलचित्र खेल्नुअघि कथा हेर्नुहुन्छ ?
म कथा नहेरी चलचित्र खेल्दिँन । मन पर्यो भने उपर्युत लागयो भने मात्र चलचित्र खेल्ने हो । त्यसैले म कुनै काम शुरु गर्नुअघि कथा पढने गर्छु ।

यो चलचित्र प्रति तपाईको आशा ?
मैले बिगतमा गरेका चलचित्र भन्दा भिन्न भुमिकामा रहेको र मलाई कथा मन परेका कारण यो चलचित्र गरेकी हुँ तसर्थ यो चलचित्रबाट आशावादी छु । यसबाट मेरो उचाई थपिनेमा ढुक्क छु ।-पुर्वेली न्युज

प्रतिक्रिया दिनुहोस्