Logo

काठमाडौं ७ मा पार्टीको सीट गुम्ने गरेर चुनाव हुँदैन: प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्। ७ नम्बर क्षेत्रबाट निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतमले चुनाव लड्ने चर्चा भइरहेका बेला बुधवार पाथीभरा समाजद्वारा राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उप निर्वाचनबारे आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत भएको जानकारी दिए। ‘एउटा कुरा निश्चित गर्न के चाहन्छु भने ७ नम्बरमा हाम्रो पार्टीको सीट गुम्ने गरेर चुनाव हुँदैन’, उनले भने। काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले राजीनामाको घोषणा गरेपछि यहाँको सीट गुम्ने हो कि भन्ने चिन्ता नेता कार्यकर्ताबाट जाहेर भएका बेला दाहालको यस्तो भनार्इ आएको हो।

प्रतिक्रिया दिनुहोस्