Logo

शरद कुमार गौचम हत्या प्रकरणमा संलग्न थप तीन जना पक्राउ


तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचम हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेका छ । महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्न लोप्साङ लामा, अमर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको पक्राउबारे अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दैछ ।गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो ।

हत्याको ३६ दिनपछि यसअघि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।त्यतिबेला हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।यस्तै पक्राउ परेका अन्यमा हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी पक्राउ परेका थिए । यस्तै हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पनि प्रहरीले पक्राउ गरिसककेको छ भने अर्का आरोपी मनोज पुन इन्काउन्टरमा मारिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्