Logo

जन्ती बोकेको गाडीको ठक्करबाट एक बालकको मृत्यु


मंलगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको जन्ती बोकेको स्र्कोपियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।मलंगवा ८ का सुभाष कुमार साहका ८ वर्षीय छोरा रौशन साहको मृत्यु भएको प्रहरीले जनाएको छ। मलंगवाबाट जन्ती लिएर भारततर्फ जाँदै गरेको बि आर ३२ पि ए ०५९३ नम्बरको गाडीले ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन्। ठक्कर दिएर भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरी मिलेर चालकलाई नेपाल भारत सीमाको नजिकबाट नियन्त्रणमा लिएका हुन्। गाडी चालक भारतको सीतामढी जिल्ला भगवानपुर ५ का ३० वर्षीय राधे श्याम राम रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका चालकले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्