Logo

‘महिला बालिकाका घटनामा बास्तविक पीडित भए न्याय दिन पछि नहट्नु’-एसएसपी वसन्त कुमार लामा


‘बाल संरक्षण तथा बालबालिकाहरुमा भइरहेको व्यवसायीक यौंन शोषण विरुद्ध’ १ दिने तालिम सम्पन्न भएको छ । चेन्ज नेपाल को आयोजनामा काठमाडौंका प्रहरी प्रशासनका कर्मचारीहरुलाई दिइएको सो तालिममा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त कुमार लामाले महिला, बालबालिकासँग सम्बन्धित विषयमा संवेदनशिल भएर कार्य सम्पादन गर्न आग्रह गर्नुभएको छ । प्रमुख लामाले महिला बालिकाका घटनामा बास्तविक पीडित भए न्याय दिन पछि नहट्न पनि निर्देशन दिनुभएको हो ।

गौतमका अनुसार कुल जनसंख्याको ४४.४२ प्रतिशत बालबालिकाहरुको संख्या रहेको तर उनीहरुको बिषयमा नै हामी संवेदनशील भएर सोच्नुपर्ने बताए । उनले बालबालिका सम्बन्धी ऐन २०७५ को तयारी सन्र्दभमा पनि केही सुद्धाव सल्लाह भएमा सम्प्रेषण गर्न आग्रह गरेका छन।  काठमाडौंमा मात्रै २२० वटा बालगृह रहेको र बालबालिका समस्याहरुले स्वरुप फेरिरहेको गौतमले बताउनुभयो। प्रस्तुतीमा सम्रग काठमाडौंमा बालबालिको अवस्था र विभिन्न समस्याहरुमध्ये सडक बालबालिका र मनोरञ्जन क्षेत्रमा कार्यरत बालबालिकाको स‌‌ख्या बढी भएकाले उनीहरुको अवस्था र समस्या समाधानमा गम्भिर भएर सबै पक्ष लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो। भने कानूनविद् तथा अधिवक्ता ईन्दु तुलाधरले बालबालिका सम्बन्धि रहेका कानूनी प्रावधानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै कानूनी प्रवधानका बारेमा जानकारी गराउनुभएको थियो ।

तालिममा केन्द्रीय बाल कल्याण समितिका बालअधिकार श्रोतव्यक्ति रवि गौतम कानूनविद् तथा अधिवक्ता ईन्दु तुलाधरले प्रस्तुतीकरण राख्नुभएको थियो । तालिममा काठमाडौं परिसर टुेकु माहतहका प्रभाग, वृत्त र महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी प्रशासनका कर्मचारीको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्