Logo

चितुवाकाे आक्रमणबाट ४ बर्षिय बालकको मुत्यु


अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा पेहले निवासी ४ बर्षिय बालक आर. एन. घिमिरेको आज मुत्यु भएको छ ।स्थानिय मदन घिमिरे का छोरा आर. एन. घिमिरे घरको आगँनमा खेलिरहेको बखत सभा पाँच बजे चितुवाले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउँदा ५ बजेर ४० मिनटमा उपचार गर्न नपाउँदै अस्पतालले मुक्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका प्रहरी निरिक्षक खिमवहादुर घर्ति मगरले जानकारी दिनु भएको छ । अहिलेसम्म अर्घाखाँची जिल्लामा चितुवाको आक्रमणवाट १५ वटा बालवालिकाको ज्यान गईसकेको ६ जना गम्भिर घाईते बालवालिकाहरुलाई उपचार पछि निको भएको बुझिएको छ ।चितुवाले विगत ३ वर्षदेखी जिल्लामा आतंक फैलाउँदै आएको भएपनि चितुवा नियन्त्रण लागि हालसम्म गरिएका सबै प्रयासहरु असफल बनेका छन ।

प्रतिक्रिया दिनुहोस्