Logo

परिवारसहित रबि वड मिडियामा भन्छन् स्टेजमा जन्मदिने अामा सम्झन्छु (भिडियाेसहित)


रबि वड नेपाल आइडलमा अब प्रदेश सातबाट प्रतिस्पर्धा गर्ने एक मात्र प्रतिस्पर्धी हुन् । रबिको आवाजमा जादू छ । त्यसकारण त उनी आइडलमै छन् । रबिको आवाजको जति प्रशंसा गरेपनि कम हुन्छ । सुदूरपश्चिमबाट पनि आइडलको उपाधि जित्ने सम्भावना भएका थुप्रै प्रतिस्पर्धी थिए । तर, उपाधिका जित्ने दौडमा रहेका सम्भावित प्रतिस्पर्धी आउट भएका छन् । एद्यपि रबि भने अहिलेसम्म घर फिर्ता हुनबाट जोगिएका छन् । रबिले आफ्नो संगीत यात्रा शुरुवात धनगढी स्थित एक दोहोरी साँझबाट गरेका हुन् । आर्थिक स्थिती कमजोर भएको परिवारमा जन्म लिएका उनले आफ्नो बाजेको प्रेरणाबाट गीत संगितमा लागेको सुनाउँछन् । रबिले सांगीतक क्षेत्रमा अगाडि बढ्ने प्रेरणाबारे भने, ‘हजुरबुबा गीत गाउनुहुन्थ्यो विशेष गरि म यो क्षेत्रमा आउन उहाँबाट नै प्रभावित भए।’

रबिको घर कञ्चनपुर हो । अहिले उनी २० वर्षका भए । रबिका बुवा भारतमा वाचम्यानको काम गर्ने गर्दछन् । आमाको भने केही वर्षअघि घाँटीको समस्याले निधन भइसकेको छ । रबिले आइ परे जस्तोसुकै गीतलाई पनि न्याय दिन सक्छन् । उनले मध्य तथा सुदूरपश्चिममा गाइने ठाडी भाका पनि मिठो लयमा गाउन सक्छन् । यस्तै, लोकदोहोरी, पप, हिन्दी गीत त उनले सजिलै गाउन सक्छन् । विशेष गरि उनले शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु गुन गुनाउँछन् ।

रबि वड र उनकाे पारिवारिक अवस्थाबारे थप कुरा जान्नका लागि याे भिडियाे हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस्