Logo

अमेरिकाको निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी


अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल भएका छन् । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् । मम नेपाल डटकम परिवारको तर्फबाट विजयी भण्डारीलार्इ बधार्इ तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्