Logo

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी


कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकी छन् ।राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्