Logo

राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त


सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो ।भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्